बुटवल - कोरोना संक्रमणबाट रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न अस्पताल र आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएका मध्ये बुटवल, सिद्धार्थनगर र ओमसतियाका दुई –दुई जना रहेका छन्। सैनामैना, मर्चवारी र तिलोत्तमाका एक–एक जना रहेका छन्।
युनिभर्सल मेडिकल कलेजमा ४ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा दुई जना, भिम अस्पतालमा एक जनाको मृत्यु भएको छ । त्यस्तै दुइ जनाको होम आइसोलेसनमा ज्यान गएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदार नाथ शाहले जानकारी दिए । यससँगै रुपन्देहीमा मृत्यु हुने कुल संख्या २ सय ६२ पुगेको छ।