बुटवल - रुपन्देहीमा शनिबार थप ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिकामा ३ सय जनामा संक्रमण देखिएको छ । यसैगरी तिलोत्तमामा १ सय ५१, सिद्धार्थनगरमा ७८ जना, सैनामैनामा ७२, देवदहमा २३, कञ्चन गाउँपालिकामा २०, सुद्धोद्धन गाउँपालिकामा १४, सियारीमा १२, ओमसतियामा ७ जना संक्रमित फेला परहेका छन्।
लुम्बिनी साँस्कृतिकमा ६, गैडहवामा ४ जना,रोहिणीमा ३, मायादेवीमा २, जना र कोटहिमाईमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए।
यो संगै जिल्लामा संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ७३ पुगेको छ । रुपन्देहीमा कुल संक्रमितको संख्या १७ हजार ५ सय ७८ पुगेको छ भने हालसम्म ११ हजार ४३ जना संक्रमण मुक्त भएका छन् ।