बुटवल- बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र यस अन्तर्गतको कोरोना विशेष अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । ४ जनाको प्रादेशिक अस्पतालको आकस्मीक कक्षमा र २ जनाको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
तिलोत्तमा नगरपालिका ३ की ४५ वर्षिय महिलाको आइतबार दिउसो ३ बजे तिलोत्तमा ३ का ४० वर्षिय पुरुषको तथा बुटवल ८ की ६५ वर्षिय महिलाको दिउसो साढे १२ बजे र बुटवल ३ की ७४ वर्षिय महिलाको दिउसो शनिवार राती पौने १२ बजे प्रादेशिक अस्पतालको इमरजेन्सीमा मृत्यु भएको हो ।
त्यसै गरी बुटवल १४ कि ५२ वर्षिय महिलाको आइतवार विहान ७ बजे र तिलोत्तमा ५ का ४८ वर्षिय पुरुषको शनिवार राती पौने १२ बजे कोरोना विशेष अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। यस्तै आजै २ जना संक्रमितको भैरहवाको भिम अस्पतालमा मृत्यु भएको छ । यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ६८ पुगेको छ ।