बुटवल- रुपन्देहीमा आइतबार थप ४ सय ९२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका सँगै रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ८५ पुगेको छ । बुटवल उपमहानगरपालिकामा मात्रै आज १ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी तिलोत्तमामा १ सय ३५, सिद्धार्थनगरमा ८० जना, देवदहमा २७, सैनामैनामा २१ जनामा संक्रमण फेला परेको छ ।
यस्तै ओमसतियामा १६, सियारीमा ५, लुम्बिनी साँस्कृतिकमा ४, रोहिणी र सुद्धोदनमा तीन– तीन जना मायादेवी, कञ्चन, कोहहीमार्ई गाउँपालिकामा दुइ–दुइ र मर्चवारीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यो संगै रुपन्देहीमा कुल मृतकको संख्या २ सय ६८ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।