काठमाडौँ - कोरोना संक्रमणबाट देशभरमा थप २ सय २५ जनाको मृत्यु भएको छ । एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो । यो सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टी भएको छ । २१ हजार ३१६ नमुना परीक्षणमा सो संख्यामा संक्रमण देखा परेको हो । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।