बुटवल - बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा मंगलबार बेलुका यता ६ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ५ जना रुपन्देही र एक जना पाल्पाका रहेका छन् । बुटवलका ११ का ५२ वर्षिय पुरुषको बुधबार विहान साढे ५ बजो, बुटवल ६ का ४४ वर्षिय पुरुषको मंगलबार बेलुका ७ बजे मृत्यु भएको हो ।
तिलोत्तमा ६ कि ७० वर्षिय महिलाको बुधबार विहान पौने ८ बजे, तिलोत्तमा १ का ५७ वर्षिय पुरुषको विहान पौने ६ बजे, सैनामैना ७ का ३६ वर्षिय पुरुषको मंगलबार साँझ साढे ६ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
त्यस्तै पाल्पा तान्सेन १४ का ३८ वर्षिय पुरुषको मंगलबार राती ११ बजे कोरोना संक्रमणबाट ज्यान गएको हो । मृत्यु भएका सबै जसोमा ज्वरो र श्वासप्रश्वासको समस्या देखा परेको अस्पतालले जनाएको छ ।