भैरहवा - रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजले दिउसो चार बजेपछि विरामीलाई अक्सिजन उपलब्ध गराउन नसक्ने जनाएको छ । अस्पतालले आज विज्ञप्ती जारी गरी अक्सिजनको अभाव भएकाले उपलब्ध गराउन नसक्ने जनाएको हो ।
चार बजेपछि आ आफ्नो व्यवस्थापन गर्न विरामीका पक्षहरुलाई अस्पतालले आग्रह गरेको छ। ‘यस अस्पतालमा आज मिति २०७८ बैशाख २९ गते दिनको ३ देखि ४ बजेसम्म मात्र अक्सिजन उपचार दिन सकिने अवस्था रहेको हुँदा त्यसपछि हुनसक्ने भवितव्यलाई मध्यनजर गरी सम्पूर्ण उपचाररत बिरामी पक्षहरुलाई यथाशिघ्र आ(आफ्नो व्यवस्थापन गर्नुहुन अन्यन्त दुखका साथ हार्दिक अनुरोध गर्दछौं ।’विज्ञप्तिमा उल्लेख गरिएको छ,अक्सिजन आपूर्तिका लागि सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षसंग यस अस्पतालले पूनः ध्यानाकर्षणका लागि अनुरोध गर्दछौं ।
दैनिक करीब ७०० बढी हाराहारीमा ठूलो अक्सिजन सिलिन्डरको खपत माग भए पनि आपूर्ति गर्न जिल्लामा रहेका तीनवटै अक्सिजन प्लान्टहरुबाट मात्र नभई अन्य जिल्लाहरुबाट समेत अक्सिजन आपूर्ति गर्न कठिनाई उत्पन्न भएको अस्पतालले उल्लेख गरेको छ ।