बुटवल - बुटवलको कोरोना विशेष अस्पतालमा आइसियुमा उपचाररत विरामीले अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ४ जना रुपन्देही र एक जना पश्चिम नवलपरासीका हुन्।
अक्सिजन सकिएपछि बुटवल–८का २९ वर्षीय पुरुष, बुटवल– ११ का ५२ वर्षीय पुरुष, बुटवल–१२ का ५९ वर्षीय पुरुष र बुटवल–१३ का ५२ वर्षीय पुरुष तथा पश्चिम नवलपरासी बर्दघाटकी ४४ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
अक्सिजन आपूर्ति गर्ने उद्योगले आधा घण्टा ढिलो अक्सिजन ल्याइदिएका कारण बिरामीको मृत्यु भएको एक चिकित्सकले बताएका छन् ।