दाङ-केही दिन अघि काेराेना भाइरसकाे संक्रमणका कारण एक जनाकाे मृत्यु भयाे । संस्कार अनुसार अन्त्यष्ठी गरियाे । दाइकाे भाइले अन्त्यष्ठी गरे । भाइ पनि संक्रमित भए । दाइकाे अन्त्यष्ठीमा सहभागी भाइकाे पनि मृत्यु भयाे । उनकाे छाेराले स्याहारसुसार गरे । त्याे बेला उनी संक्रमित भए ।
संक्रमित छाेरालाइ उपचारको लागि काेराेना बिशेष अस्पताल बेलझुन्डी लगियाे । त्यहाँ अक्सिजन सकिएपछि उनकाे मृत्यु भयाे ।`बुवाकाे मृत्यु भएपछी छाेरा वेहाेस भएका थिए । त्यसपछि उनमा अक्सिजन कम भयाे । उपचारको लागि बेल्झुण्डी लगियाे´गढवा-४ का वडा अध्यक्ष गुलाम माेहम्मदले भने-`अक्सिजन नपाएर त्याे बावुकाे मृत्यु भयाे ।´ अहिले वडा नम्बर ४ काे याे टाेल सिल गर्ने तयारी गरिएको छ ।`गाउँ पुरै स्यानीटाइज गर्छौं´उनले भने-`अहिले अवस्था ठिक छ ।´
काेभिडकाे बिरामीकाे अन्त्यष्ठीमा कुनै पनि लापरबाही नगर्न पूर्व संविधान सभा सदस्य याेगेन्द्र चाैधरीकाे छ ।`मृत्युु संस्कार अाफ्नाे परम्परा अनुसार गर्ने त हाे । तर, संक्रमण पुष्टि भएपछि राज्यले यसकाे दायित्व लिनु पर्छ कि पर्दैन । लापरबाही त गर्न भएन´संविधान सभा सदस्य याेगेन्द्र चाैधरीले भने-`संक्रमणकाे गति तिब्र छ । यस्ता हेलचक्राइले अन्य जाेखिम निमत्याउन सक्छ´उनले भने-`काेराेना पाेजेटिभ हाे । उसकाे मृत्यु भयाे भने प्राेटाेकल अनुसार अनत्यष्ठी गरिनुपर्छ ।´
गढवा गाउँपालिका-४ काे याे घटनालाई संवेदनशील रुपमा लिन लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले अाग्रह गरेका छन ।`कोरोना संक्रमित शव ब्यवस्थापन बारे लापरवाही नगरोस´उनले भने-`हामी सबैले पनि सतर्कता अपनाउन पर्यो । साथै त्यो टोलको पिसिआर चेक गरि आवश्यक सुविधाको ब्यवस्था गरियोस ।´