काठमाडौँ - कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ।
आज थप ८९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।