बुटवल - कोरोना संक्रमणबाट रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालमा ४ जना, भैरहवाको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा दुई दुई जनाको मृत्यु भएको हो ।
मृत्यु भएका मध्ये बुटवल उपमहानगरपालिकाका ३ जना, तिलोत्तमा र सैनामैनाका दुई दुई जना तथा कञ्चन र मायादेवी गाउँपालिकाका एक -एक जना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए । यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ सय ३६ पुगेको छ ।
यस्तै रुपन्देहीमा शुक्रबार थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सबै भन्दा बढी तिलोत्तमा नगरपालिकामा १ सय ६५ जना संक्रमित थपिएका छन्। त्यस्तै बुटवल उपमहानगरपालिकामा १ सय ५४, सिद्धार्थनगरमा ४५, सियारीमा ५५ र सैनामैनामा ३० जनामा संक्रमण पुष्टी भएको हो । त्यसै गरी कञ्चनमा १६, ओमसतियामा १०, शुद्धोधनमा ६, मायादेवीमा ४, लुम्बिनी सांस्कृतीकमा २ र कोटइमाइमा १ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।