बुटवल -लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु भएको छ । शनिवार रातीदेखी आइतवार विहानसम्म १२ घण्टाको अवधिमा प्रादेशिक अस्पतालको इमरजेन्सी र कोरोना अस्पतालको आइसियुमा उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा दुई जना रुपन्देही, दुई जना गुल्मी, एक जना पश्चिम नवलपरासी र एक जनाको ठेगाना खुलेको छैन । रुपन्देहीको तिलोत्तमा ५ का ६० वर्षिय पुरुषको आइतबार विहान साढे ८ बजे प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । तिलोत्तमाकै ४ का ३६ वर्षिय पुरुषको शनिवार राती १० बजे अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको हो ।
गुल्मीको सत्यवती ५ का ४५ वर्षिय पुरुषको विहान सवा ५ बजे र गुल्मीको इस्मा ४ का ४५ वर्षकै पुरुषको विहान पौने ९ बजे प्रादेशिक अस्पतालको इमरजेन्सीमा मृत्यु भएको हो ।
पश्चिम नवलपरासी भूमहीका ४८ वर्षिय पुरुषको दिउसो १२। ४० मा कोरोना अस्पतालको आइसियुमा निधन भएको छ । विहान ९ बजे मृत्यु भएका एक पुरुषको भने ठेगाना नखुलेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।