भैरहवा । भैरहवा स्थित भिम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा लिफ्ट सहित १५ वटा थप वेड सञ्चालनममा आएको छ । लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानको सहयोगमा निर्मित लिलाराम न्यौपाने आकस्मिक कक्ष चैत्रको अन्तिम साता देखि सेवा सुरु गरेको थियो ।
दुई तले अत्याधुनिक आकस्मिक भवन स्वास्थ्य मन्त्रलायको मापदण्ड अनुसार बनेर सेवा सुचारु भएपनि प्रतिष्ठानले यस्तो महामारीको बिचमा केही जनतालाई थप सहयोग होस भन्दै ३ वटा आइसियु सहित १५ वटा वेड संचालनमा ल्याएको हो । हाल जडित ३ वटा आइसियु वेड मध्ये २ वटामा जर्मन टेक्नोलोजीको भेन्टिलेटर, र १२ वटा वेड एचडीयु अक्सिजन पाइपलान र मोनिटर सहितको रहेको प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले बताए ।
'एचडियु स्तरको वेडमा पनि मोनिटर सहितको व्यवस्थापन गर्नका प्रक्रियामा छौ अहिले ३ वटा काठमाण्डौमा खरिद भइसकेको छ, उपकरण अभावका कारण छिटै नै सबै वेडमा जडान गर्नेछौं,' प्रतिष्ठानका सचिव न्यौपानेले भने ।
उनले थपे,'अहिले आकस्मिक भवनमा लिफ्ट पनि जडान गरी संचालनमा ल्याएका छौ, अस्पतालमा प्रयोग हुने विशेष किसिमको स्ट्रेक्चर लिफ्ट जडान भई आजबाट सुचारु गरेका छौ । तल्ला थपसँगै स्तारोन्नती गर्न मिल्ने उक्त लिफ्ट १३ जना सम्म बोक्न मिल्छ, ७ तल्ला सम्म काम गर्न मिल्ने भए पनि हाललाई २ तल्लामा प्रयोग गरेका छौं,' प्रतिष्ठानका सचिव न्यौपानेले भने ।
५५ सय वर्गफिटमा निर्मित उक्त भवनमा २५ वटा वेड सहितको छ । करिब ३ करोड ५० लाखको लागतमा निर्मित उक्त भवन चैतको अन्तिम साता प्रतिष्ठानले लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलको उपस्थितीमा भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्तालाई हस्तान्तरण गरेको थियोे ।
शिक्षा, साहित्य, खेलकुद, धर्म, सास्कृति लगायतको क्षेत्रमा सेवा र सम्मान गर्दै आएको प्रतिष्ठानले अहिलेको कोभिड महामारीले समग्र क्षेत्रनै प्रभावित भएको भन्दै जनतालाई के कसरी सहयोग गर्न सकिन्छ भनेर सधै तयार रहेको छ । प्रतिष्ठानले भिम अस्पतालमा भौतिक बस्तुको कमि नहोस भन्दै सहयोग गरेपनि अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न आग्रह गरेको छ । जनतालाई महामारीबाट बचाउनका लागि हामी सधै तयार छौ, प्रविधिक जनशक्तिहरुको व्यवस्थापन केन्द्र, प्रदेश वा स्थानीय तहको सरकारबाट मिलाउन मेडिकल सुपरिटेन्डेन्ट शुकन्तला गुप्ता र अध्यक्ष नारयण भण्डारी समझ आग्रह गरेको छ ।
पारिवारको सामाजिक क्षेत्रमा सहयोग अन्तर्गत बुआको इच्छा अनुसार अस्पताल क्षेत्रमा सहयोग गरेका हौ । विशुद्ध सेवा भावले निर्माण भएको अस्पतालम जिल्लाकै नमुना सरकारी अस्पतालको रुपमा निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष शोभाखर न्यौपानेले बताए ।