बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार उपचारमा रहेका दुई महिला र दुई पुरुषको मृत्यु भएको हो ।
उनका अनुसार रुपन्देही तिलोत्तमा ५ का ६१ वर्षीय पुरुष, बुटवल १३ का ५२ वर्षीय पुरुष, बुटवल ७ की ६० वर्षीया महिला, र पाल्पाको तिनाउ गाउँपालिका ६ की ६० वर्षीया महिलाको दिउँसो ४ बजेर २० मिनेटमा मृत्यु भएको हो ।