बुटवल - रुपन्देहीमा जेठ २० गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जेठ २० गते राती १२ बजेसम्म निषेधाज्ञा थपिएको जानकारी दिए। कोरोना संक्रमण तिव्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा लगाइएको थियो । सुरुमा बैशाख ३० गतेसम्म निषेधाज्ञा लगाइएकोमा संक्रमणदरमा कमि नआएपछि जेठ १३ गतेसम्म थपिएको थियो ।
अहिले दोस्रोपटक थप गरिएको हो । निषेधाज्ञामा पहिलेकै आदेशलाई निरन्तरतार दिइएको तर सरकारबाट पछिल्लो पटक जारी भएको अध्यादेश भने कार्यान्यन हुने प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।