बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिकानगरमा रहेका एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ, त्यो पनि आठ दिनको अन्तरालमा ! ६९ वर्षिय पुरुष, उनकी ५९ वर्षीय श्रीमती र उनीहरुका ३९ वर्षका छोराको मृत्यु भएको हो ।
बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा मृत्यु भएको हो भने महिलाको होम आइसोलेसनमा बसिरहेका बेला मृत्यु भएको हो । आमाको जेठ ५, छोराको जेठ ७ र बाबुको जेठ १२ गते मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले बताए ।
उनीहरु सबैजना कोरोना संक्रमित रहेको र बाबु छोराको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको वडाध्यक्ष थापाले बताए । उनका अनुसार सोही परिवारको अर्को एक सदस्य संक्रमित भएकाले उनलाई बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेसनमा राखिएको र परिवारमा भएका घटनाबारे थाहा दिइएको छैन ।
*यसअघि राखिएको मृतकको नाम हटाइएको छ: सं