काठमाडौँ– सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्याएको छ।
आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।
यस्तै सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको औषधि सबै स्वास्थ्य संस्थामा हुने समेत उनले बताए।