काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ५३ हजार ४ सय २२ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा १४ हजार ७५२ जनाको नमूना परीक्षण गरिएको हो।
मन्त्रालयका अनुसार ६ हजार ८० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै ४ लाख ३४ हजार ७ सय ५० कोरोनामुक्त भएका छन्।
त्यस्तै यस अवधिमा ११६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६१ पुगेको छ।
हालसम्म कोरोनाबाट निको हुनेको दर ७८.६ प्रतिशत रहेको छ।