बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा एक सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा पाँच सय ३८ जनाको आरटीपीसीआर परिक्षण गरिएको थियो ।
कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा १६ जना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । उनीहरुमध्ये दुई जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका हुन् । बाँकी १४ जनाको अघिल्ला दिनहरुमा मृत्यु भएपनि सोमबारमात्रै तथ्याङ्कमा समावेश गरिएको हो ।
ययोसँगै जिल्लामा हालसम्म चार सय ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबारसम्म जिल्लामा दुई हजार एक सय ३९ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।
पछिल्लो पटक थपिनेमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका रहेका छन् । बुटवल र तिलोत्तमामा ३६, सिद्धार्थनगरमा ९, सियारीमा ११, देवदहमा १९, गैडहवामा २, मायादेवीमा ४, सैनामैनामा १०, ओमसतियामा ३, कञ्चनमा ३, रोहिणीमा १, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ६, शुद्धोधनमा ४ र सम्मरीमाईमा ३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जारी गरेको तथ्याङ्कमा छ ।