बुटवल । रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ सय ८८ जनामा आरटी-पीसीआर परिक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै जिल्लामा एक हजार आठ सय २० जना सक्रिय संक्रमित पुगेका छन् भने हालसम्म चार सय ३८ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ९, सिद्धार्थ नगरपालिकामा ९ जना, तिलोत्तमामा १३ जना, देवदहमा ५ जना, मायादेवीमा २, मर्चवारीमा २, सैनामैनामा २, ओमसतियामा ३, कञ्चनमा १, रोहिणीमा १, लुम्बिनीमा २ र शुद्धोधनमा १ जना संक्रमित थपिएका छन् ।