पृथ्वीमा ३ लाख २० हजार भाइरसहरु छन् । ती मध्य २१९ प्रकारका भाइरसको पहिचान भएको छ । यी भाइरसहरुले अहिले होइन उहिल्यैदेखि नै मानिसमाथि आक्रमण गरिरहेका छन् । मानिसको शरीरको रोगप्रतिरोध शक्ति(इम्युनिटि)का कारण नै मानिस यस्ता भाइरसको बिचमा पनि बाँचेको छ । त्यसैले महत्वपुर्ण भाइरसको पहिचान होइन, मानिसको इम्युनिटि हो । मानिसको इम्युनिटि शक्तिशाली भए कुनै भाइरसले पनि मानिसलाई हल्लाउन सक्दैनन् ।
कोरोना भाइरस के हो ?
कोरोना भाइरस अन्य सामान्य भाइरसजस्तै एक भाइरस हो। तर, यसले मानिसलाई निकै घातक अवस्थामा पुर्याउँछ र यसबाट मानिसको ज्यान पनि जानसक्छ। अहिलेसम्म यो भाइरसको उपचार पनि पत्ता लागेको छैन। यसले पनि यो भाइरसको आतंक अझै बढाएको हो। यो भाइरस चिसोको कारण लाग्छ। यसले मानिसको नाक र घाँटीमा आक्रमण गर्छ। तर, सबै कोरोना भाइरस खतरानक हुँदैनन्। सन् १९६० को दशकमा पहिलोपटक यो भाइरस पत्ता लागेको थियो। सन् २०१२ मा कोरोना भाइरसकै एक प्रकार मिडिल इस्ट रेस्पाइरेटरी सेन्ड्रोम (मेर्स) बाट करीब ८ सय ५८ जनाको ज्यान गएको थियो। त्यस्तै सन् २००३ मा चीनमा यसकै अर्को प्रकार सार्स भाइरस देखिएको थियो। यो भाइरसबाट ७ सय ७४ जनाको ज्यान गएको थियो। अहिले चीनमा पाइएको भाइरस नोभल कोरोना भाइरस (२०१९–एनसीओभी) हो। यो भाइरस पनि खतरनाकमध्येकै हो। अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने यो भाइरस निरन्तर बढ्ने क्रममा छ। अहिलेसम्म यसको उपचार पनि पत्ता नलागेकाले यसबाट बच्न बेलैमा सतर्कता अपनाउनु आवश्यक छ।
कोरोना भाइरसका लक्षण:
यो भाइरस लागेपछि अन्य फ्लुजस्तै लक्षणहरु देखा पर्छन्। रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महशुस हुनु यो भाइरसको लक्षण हो। यो भाइरसको संक्रमण बढ्दै गएपछि मानिसमा निमोनिया देखिन्छ। निमोनियाकै कारण मानिसको मृत्यु हुन्छ।
कोरोनाबाट बच्ने उपाय
नेपालमा पनि कोरोना भाइरसको त्रास निकै बढेको छ । यही मौकामा बजारमा मास्कको कालो बजारी हुन थालेको छ । तर, नेपाली बजारमा हाल पाइने यस्ता मास्कले कोरोनाको भाइरस त के राम्रोसँग धूलो र धूँवा पनि छेक्दैन । त्यसैले यसरी मास्ककोपछि लाग्नु भन्दा जनुसुकै भाइरस र ब्याक्टेरियाबाट बच्न हालै कोर्टेक्सले आयुर्वेदको महासागरबाट खोजतलास गरेको एक सजिलो घरेलु उपाय किन नपनाउने ।
उपाय यस्तो छः
१, प्राकृतिक वनस्पतिजन्य खानेकुरा, व्यायाम, उपवास तथा तनावरहित सकारात्मक सोचबाट नै मानिसको इम्युनिटि शक्तिशाली हुन्छ । हो, अमृता (गिलोय) संसारको नं. एक इम्युनिटि बुष्टर हो । तुलसीको पातको रस पनि इम्युनिटि बुष्टर हो । इम्युनिटि बुष्ट गर्न २ चम्चा अमृताको रस र एक चम्चा तुलसीको पातको रस मह मिलाएर चाट्ने वा एक गिलास पानीमा मिसाएर खाने।
२ , घरबाट बाहिर निस्कदा लहसुन र अदुवाको टुक्रा मुखमा राखेर सुपारीझैँ चुस्ने गर्नुहोस् । मुखबाट बास्ना आए पनि यसले कोरोनाको त के कोरोनाको हजुरबालाई पनि रोक्दछ रे ?
३, लह्सुन, अदुवा र प्याजको रस एक चम्चा एक गिलास मनतातो पानीमा घोलेर बिस्तारै बिस्तारै चियाझैँ पिउने हो भने शरीरमा प्रवेश गरेका भाइरस पनि मर्छन।