बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा एक सय तीन जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेकोे तथ्याङ्क अनुसार उक्त अवधिमा चार सय ८१ जनाको आरटी पीसीआर परिक्षण गरिएको थियो ।
कार्यालयका अनुसार उक्त अवधिमा तीन जना र यस अघि मृत्यु भएको एक जनालाई समावेश गर्दा जम्मा चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार सात सयय ६७ मा झरेको छ । हालसम्म जिल्लामा चार सय ४२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्लामा हालसम्म कुल संक्रमितको संख्या २६ हजार सात सय ३३ पुगेको छ । तीमध्ये ९२ प्रतिशत निको भइसकेका छन् । २ प्रतिशतको मृत्यु भएको छ भने ६ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।