बुटवल । रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ।
३५ वर्षीय डा. पशुपति रजौरियाको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख शुशिल गुरुङले जानकारी दिए।
हालचालै विवाह गरेका श्रीमान श्रीमती नै कोभिडसंगै लडिरहेका थिए। श्रीमति डा. हसिना वानु संक्रमणमुक्त भएपनि सिकिस्त डा. रजौरियाको उपचार चलिरहेको थियो। उनीहरु दुवै जना भैरहवाको सोहि अस्पतालमा कार्यरत थिए। गुरूङका अनुसार काभिड १९ का कारण सोही मेडिकल कलेजमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्।