बुटवल - नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले खोप लगाउन छुटेका पत्रकारहरुलाई अबको चरणमा प्राथमिकताको सुचिमा राख्न माग गरेको छ । महासंघले महामारीमा अग्रपंतीमा खटेर सुचना प्रवाह गरिरहेका पत्रकाहरुलाई खोपका लागि प्राथमिताको सुचीमा राख्न माग गरेको हो ।
नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिको टोलीले प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भोज प्रसाद श्रेष्ठलाई भेट गरि अबको क्रममा खोपको प्राथमिकतामा छुटेका पत्रकाहरुलाई समावेश गर्न माग गरेको हो । महासघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीको नेतृत्वमा गएको टोलीले विविध कारण खोपवाट वञ्चीत भएका पत्रकारहरुलाई खोप अभियानमा प्राथमिकताका साथ समेट्न माग गरेको हो। लुम्बिनी प्रदेशमा झण्डै ४० प्रतिशत पत्रकाहरु अझै पनि खोप लगाउन बाँकी रहेको तथ्याकं छ ।
महासंघका अध्यक्ष गिरी र महासचिव विक्रम खड्काद्वारा हस्ताक्षर गरिएको माग पत्र बुझ्दै स्वास्थ्य मन्त्री श्रेष्ठले पत्रकारहरुलाई पनि यो महामारीमा फन्टलाईनरकै रुपमा आफुहरुले बुझेको भन्दै सोही अनुसारको प्राथमिकताको सुचिमा राखिने आश्वासन दिए । उनले माथिल्लो तहमै समेत पहल गरेर छुटेका सबै पत्रकारहरुलाई खोप दिलाउने दायित्ववाट आफुहरु पछि नहट्ने बताए।
केहि समयपछि सरकारले चिनिया खोप भेरोसिल लगाउने तयारी गरिरहेको छ। भारतिय खोप नआएपछि चिनिया खोप लगाउनका काम शुरु भैरहेको छ। अहिले काठमाडौंमा खोप अभियान चलेपछि अब उपत्यका वाहिर आउने सरकारी अधिकारीहरुले बताएका छन् ।
मन्त्रीसंगको भेटमा प्रदेशभरीका पत्रकाहरुका लागि स्वास्थ्य समाग्रीहरुको प्रबन्ध गर्न समेत माग गरिएको महासचिव बिक्रम खड्काले बताए । भेटघाटमा प्रदेश समितिका सदस्यहरु प्रेमनारायण आचार्य, टेक वहादुर मास्की राना, चिन्ता परियार लगायतको सहभागिता रहेको थियो ।