काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो, चौथो लहर आउन सक्ने बताएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने जनाएकाे छ ।
तेस्रो, चौथो लहरमा सबैभन्दा बढी बालबालिका सङ्क्रमित हुन सक्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । यो अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याकाे कम्तिमा २० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुेन गरी तयारी अवस्थामा राख्न मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोध गरेकाे छ ।
साथै अक्सिजनको व्यवस्थापन समेत गर्न सबैमा अनुरोध गरिएकाे छ ।
कोभिड–१९ महामारी रोकथाम, निदान तथा बिरामीको उपचार व्यवस्थापनमा पुर्याएको योगदान प्रति सबै अस्पताल, स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्यकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दै भावि दिनमा समेत यस प्रकारको सहयोगको उपेक्षा गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
‘कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्सवास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबु भित्रै रहन पुगको छ । प्रथम लहर र दोस्रो लहरले अत्याधिक मात्रमा प्रौढ र युवाहरु सङ्क्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ ।