बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार चार सय ७९ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा छ हजार छ सय ३६ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभरि झण्डै ९० हजार जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।
अहिले विभिन्न स्थानमा ६५१४ जना बिरामी संस्थागत आइसोलशनमा छन्। नेपालमा ३८ प्रतिशत भन्दा केही बढी महिला र ६१ प्रतिशत जति पुरुष सङ्क्रमित छन्। ४७ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा पीसीआर विधि र एन्टिजन विधिबाट १३७३३ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।