बुटवल - कोभिड १९ विरुद्धको 'भेरोसेल' खोप मंगलबारदेखी लगाइँदै छ । रुपन्देहीमा ६२ देखी ६४ वर्ष उमेर समुहका १४ हजार २ सय ५५ जनालाई खोप लगाइने तयारी छ । जिल्लाभरका ६९ वटा खोप केन्द्रबाट कोभिड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 'जिल्लाका सबै पालिकामा गरि ६९ वटा केन्द्रबाट खोप लगाइन्छ, नागरिकता, उमेर खुल्ने कागजात वा वडाको सिफारिस लिएर आउनुपर्नेछ।' स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरिले भने।
यस अघि पहिलो चरणमा स्वास्थ्यकर्मि, सुरक्षा कर्मी सरसफाइकर्मी, सञ्चारकर्मी लगायतलाई कोरोना विरुद्धको खोप लगाइएको थियो । दोस्रो चरणमा ६५ वर्ष माथिकाले लगाएका थिए । यद्यपी उक्त खोपको दोस्रो डोज खोप अझै लगाउन पाएका छैनन्। तेस्रो चरणमा चिनबाट आएको भेरोसेल खोप मंगलबारदेखी लगाउन थालिएको हो ।