बुटवल - कोभिड १९ विरुद्धको 'भेरोसेल" खोप मंगलबार लगाइँदै छ । रुपन्देहीमा ६२ देखी ६४ वर्ष उमेर समुहका १४ हजार २ सय ५५ जनालाई खोप लगाइने तयारी छ । जिल्लाभरका ६९ वटा खोप केन्द्रबाट कोभिड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका आठ आठ स्थानका केन्द्रबाट खोप लगाइँदैछ । नागरिकता, उमेर खुल्ने कागजात वा वडाको सिफारिस लिएर खोप लगाउन आउनुपर्ने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरिले बताए।
कति नम्बर वडालाई कुन खोप केन्द्र