बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमित भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चार सय ९७ जनामा आरटीपीसीआर गर्दा ४८ जनामा मात्रै कोरोना संक्रमण देखिएको हो ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएयता कै सबैभन्दा थोरै संक्रमित फेला परेका हुन् । पछिल्लो हप्तादेखि जिल्लामा नयाँ संक्रमितको संख्या ओरालो लागिरहेको छ ।
योसँगै जिल्लामा एक हजार ७६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ज्यान गुमाउने एक जना सहित जिल्लामा चार सय ५७ जना संक्रमितले हालसम्म ज्यान गुमाइसकेका छन् ।
हालसम्म जिल्लामा कुल कोरोना संक्रमितको संख्या २७ हजार चार सय ९१ पुगेको छ । यीमध्ये २५ हजार ९ सय ५८ जना निको भइसकेका छन् ।