बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्र कोरोना संक्रमणको अवस्था पत्ता लगाउन शुरु गरेको एन्टिजेन परिक्षणलाई तीव्र पारेको छ । संक्रमणको अवस्था हेरि जारी लकडाउन खुकुलो पार्ने मादण्ड बनाउन यस्तो परिक्षण थालिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले बताए ।
बुटवलमा पछिल्ला दिनमा संक्रमण घट्दै गएको छ । साच्चिकै संक्रमण घटे नघटेको पत्ता लगाउन सामूहिक परिक्षण शुरु गरिएको नगरपालिकाको भनाई छ । केही दिन भित्र १० हजार परिक्षण गरेर लकडाउन खुकुलो बनाउने विषयमा छलफल हुनेछ । एन्टिजेन परिक्षणको पहिलो दिन फलफुल तथा थोक बजार केन्द्रभित्र ५ सय परिक्षण गरिएकोमा सवै जनाको नेगेटिभ रिपोर्ट आएको थियो । दोस्रो परिक्षण विहीवार मैनाबगर स्थित अटो भिलेजमा गरिएको छ ।
त्यहाँ गरिएको ५ सय परिक्षणमध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परिक्षणका लागि पठाइएको छ । यसपछि नगरभित्र हाटबजार क्षेत्र,घनत्व भएका वडाहरु र बजार क्षेत्रमा पनि परिक्षण गर्ने नगरपालिकाको तयारी छ ।