बुटवल । कोरोना महामारीको तेस्रो लहरको प्रतिरक्षास्वरुप लुम्बिनी प्रदेशका ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण थालनी हुने भएको छ । आज प्रदेश सभामा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले पूर्वी रुकुमको बाहेक ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि स्रोत सुनिश्चितता भइसकेको बताए ।
उनले भने–‘तेस्रो लहर लहरको जोखिमलाई ध्यानमा राखेर रुकुम पुर्वको बाहेकका अन्य जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न स्रोत सुनिश्चितता भइसकेको छ ।’
उनले रुकुम पूर्वमा पनि अक्सिजन प्लान्टको स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्यता अध्ययन गरिरहेको पनि जानकारी दिए ।
विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर अवश्यम्भावी रहेको बताउँदै आएका छन् । सरकारले त्यसअनुसारको पूर्वतयारीको थालनी गरेको हो ।