बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा दोस्रो लहर सुरु भएयता पहिलो पटक कोरोनाबाट कसैले पनि ज्यान गुमाएका छैनन् ।
तथ्याङ्क अनुसार पछिल्लो पटक तीन सय छ जनामा आरटीपीसीआर परिक्षण गर्दा ४४ जनामा मात्रै संक्रमण देखिएको छ । पछिल्ला आठ दिनदेखि जिल्लामा कोरोना संक्रमणको तथ्याङ्क लगातार ओरालो लागिरहेको छ ।
योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक हजारभन्दा तल झरेको छ । नौ सय नौ जना सक्रिय सक्रिय संक्रमित रहेका छन् भने हालसम्म कुल संक्रमितको संख्या २७ हजार छ सय सात पुगेको छ । जिल्लामा कुल संक्रमितमध्ये २ प्रतिशतले ज्यान गुमाएका छन् भने ९५ प्रतिशत निको भएका छन् ।