काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।
उनमा ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि अस्पताल लगिएको हो । अहिले भने अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । यस अघि खनाललाई कोरोना संक्रमण भएको थियो । संक्रमण मुक्त भएपछि उनी घरमै आराम गरिरहेका थिए ।