दाङ- दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समितिको सोमबार घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार ८ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
बैठकले ब्यबसाय बिहान ६ बजेदेखी १० बजेसम्म खोल्ने, सरकारी कार्यालय १० बजेदेखी १ बजेसम्म आंशिक रुपमा खोल्ने निर्णय गरेको छ । त्यस्तै होटेल ब्यबसायीले प्याकिङ गरेर खाना नास्ता बिक्री बितरण गर्ने पनि निर्णय गरेको छ ।