बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार अस्पतालको आइसीयुमा उपचाररत तिलोत्तमा–८ का ४९ बर्षीय पुरुष र बुटवल–४ की ५८ बर्षीय महिलाको मृत्यु भएको हो ।
जेठ २९ गते कोरोना संक्रमित पुष्टि भई अस्पताल भर्ना हुन आएका पुरुषको आज विहान ९ बजेर ४२ मिनेटमा ज्यान गएको हो । त्यस्तै विहान ११ बजे ज्यान गुमाएकी महिलालाई जेठ २१ गते संक्रमण पुष्टि भएको थियो ।