काठमाडौँ : प्रमुख प्रशासकीय अधिकारीमा डा गौतमले केन्द्रीय युनिफाइड अस्पतालमा ५०० शैया सञ्चालन पूरा तयारी गरिएको जानकारी दिए ।
उनले तरल अक्जिसन प्लान्ट र दुई वटा अक्सिजन प्लान्ट जडान गरिसकेपछि अस्पताललाई पूर्णरूपमा सञ्चालन गरिने बताए । उनका अनुसार आगामी विहीबारसम्म अक्सिजन प्लान्ट आइपुग्ने छ । अहिले वीरले अक्सिजन सिलिण्डरबाट बिरामीको उपचार गरिरहेको छ ।
अहिले केन्द्रीय युनिफाइड अस्पतालमा १३० जना सङ्क्रमितको उपचार भइरहेको छ । वीरको ५०० शैयाको नयाँ सर्जिकल भवनमा नै उक्त अस्पताल सञ्चालन हुने छ । यही जेठ ६ गते कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीरलाई युनिफाइड केन्द्रीय अस्पतालको रूपमा सञ्चालन ल्याउने निर्णय गरेको थियो ।
युनिफाइड अस्पतालले सङ्क्रमितको उपचार व्यवस्थापन अक्सिजन आइसोलेसन, हाइ डिपिडेन्सी (एचडियु) र सघन उपचार कक्ष ( आइसियु )को व्यवस्थापन, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवाको साथै शैया खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय पनि गर्ने छ । रासस