बुटवल । लुम्बिनी प्रदेश अन्तर्गतका सबै सरकारी अस्पतालहरुमा निशुल्क रक्तसञ्चार सेवा सुरु हुने भएको छ ।
आज प्रदेश सभामा बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशका सरकारी अस्पतालमा निशुल्क रक्तसञ्चार सेवा प्रदान गर्न ५ करोड रुपैयाँ छुट्याएको जानकारी दिए । उनले ‘निशुल्क रक्तसञ्चार प्रदान, लुम्बिनी प्रदेशको पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै उक्त सेवा प्रदान गरिने बताए ।