बुटवल । लुम्बिनी प्रदेश सरकारले आज प्रदेश सभामा पेश गरेकाे बजेटमा दिर्घ राेगीहरुलाई सहयोगको घोषणा गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट पेश गर्दै मृगौला प्रत्यारोपण गर्ने र १६ बर्षभन्दा मुनिका क्यान्सर बिरामीलाई सहयोगको घोषणा गरिएको हो ।
मृगौला प्रत्यारोपणका लागि संघीय सरकारले उपलब्ध गराउने बाहेक प्रदेश सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराउने मन्त्री चौधरीले घोषणा गरेका छन् । साथै उनले १६ बर्षभन्दा मुनिका क्यान्सर बिरामीहरुका लागि प्रति व्यक्ति एक लाख रुपैयाँ उपलब्ध गराउने पनि जानकारी दिए । क्यान्सर बिरामीले संघीय सरकारले उपलब्ध गराउने सहयोग सहित प्रदेश सरकारबाट पनि सहयोग पाउने भएका हुन् ।