काठमडौं । देशभर पछिल्लो २४ घण्टामा दुई हजारआठ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ । आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ रहेको छ ।
आजसम्म कुल संक्रमित भएकामध्ये ८८.४९ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर १०.१२ प्रतिशत सक्रिय रहेको र १.३९ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ।