बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको आँकडा अनुसार उक्त अवधिमा दुई सय ९३ जनामा आरटीपीसीआर परिक्षण गरिएको थियो ।
कार्यालयले पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको जनाएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ८७ मा झरेको छ ।
हालसम्म जिल्लामा कुल २७ हजार आठ सय ८० संक्रमित पुगेका छन् । तीमध्ये ९७ प्रतिशत निको भइसकेका छन् । २ प्रतिशतको मृत्यु भएको छ भने १ प्रतिशत सक्रिय संक्रमितका रुपमा रहेका छन् ।