काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ म्युटेसन भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको छ ।
कोरोनाभाइरसको संक्रमण भएका विभिन्न उमेर समूहका ४८ जनाको नमूना परीक्षणका लागि भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी (आईजीआईबी)’मा पठाएको थियो । त्यहाँ गरिएको जिनोमिक पहिचान गर्दा ४७ नमूनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन्। त्यस्तै, एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको छ।
डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन ‘के–४१७ म्युटेसन’ भेटिएको जनाइएको छ। यसलाई ‘एवाई–१’ नाम दिइएको छ ।