बुटवल । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय ८१ पुगेको छ । कार्यालयका अनुसार मृतकमध्ये महामारीको पहिलो लहरमा एक सय ५७ जना र दोस्रो लहरमा तीन सय २४ जनाले ज्यान गुमाएका छन् ।
जिल्लामा पछिल्लो आँकडा अनुसार २७ हजार ८ सय ९५ जनामा संक्रमण भइसकेको छ । तीमध्ये तीन सय ३० जना सक्रिय संक्रमित रहेका छन् भने बाँकी २७ हजार ८४ जना निको भइसकेका छन् ।
पछिल्लो हप्तादेखि जिल्लामा दैनिक ५० जनाभन्दा कम संक्रमित पुष्टि भइरहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
स्थानीय प्रशासनले १६ गतेदेखि नै जिल्लाभर महामारी नियन्त्रण र रोकथाम गर्न निशेधाज्ञा जारी गरेसँगै संक्रमण दर पछिल्लो समयमा घटेको हो । अहिले रुपन्देहीमा ९२ जनामा लक्षण देखिएकाले अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।