काठमाडौँ : कालो ढुसी (म्यूकरमाइकोसिस) एक व्यक्ति बाट अर्को व्यक्तिमा नसर्ने रोग हो । एक अध्ययन अनुसार कोरोना संक्रमण भएका व्यक्तिहरु यसबाट उच्च जोखिममा रहेको बताइएको छ ।
कोभिड–१९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा अहिले केही मानिसमा पुष्टि भएको छ । यो रोग प्राणघातक भने होइन् ।
कालो ढुसी (म्यूकरमाइकोसिस) का लक्षणहरू
- अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने ,
- ज्वरो आउने,
- आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने ,
- आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ,
- नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने ।
कस्ता व्यक्तिमा बढी जोखिम ?
- ४५ देखि ६५ उमेर समूह
- मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु ,
- एन्टीबायोटिक वा स्टेरोइड औषधीको लामो समयसम्म प्रयोग गर्नेहरु ,
कालो ढुसीको संक्रमण भएमा कसरी सुरक्षीत बस्ने त ?
- सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने ,
- नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ,
- व्यक्तिगत सरसफाइमा ध्यान दिने ,
- घर बाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने ,
- धेरै धुलो भएको र ओसिलो ठाउँमा नजान ,
- नुनिलो पानीले नाक सफा गर्ने ,
- पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने ,
- स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने ।