बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार जिल्लामा ८१ जनाको आरटी पीसीआर परिक्षण गरिएको थियो ।
त्यस्तै तथ्याङ्क अनुसार उक्त अवधिमा जिल्लाभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय २९ पुगको छ ।
हालसम्म जिल्लामा कुल संक्रमितको संख्या २७ हजार २ सय ३० पुगेको छ । तीमध्ये चार सय ८२ जनाको मृत्यु भएको छ भने २७ हजार २ सय ३० जना निको भइसकेका छन् ।