बुटवल । रूपन्देहीमा पछिल्लो पटक २० जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रूपन्देहीले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार उक्त अवधिमा १४४ जनामा परिक्षण गरिएको थियो ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या बढेर २२९ पुगेको छ।
रूपन्देहीमा संक्रमण घटेसँगै बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पारिएको छ । यद्यपि, संक्रमणको जोखिम भने नघटेको कार्यालयले जनाएको छ।