बुटवल – मधुमेह रोगीको लागी करेलाको रस अमृत समान मानिन्छ । करेलाको स्वाद तितो भएतापनि औषधीय गुणले भरिएको हुन्छ ।
करेलामा फोस्फोरस मात्रा पर्याप्त हुनेहुनाले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ । भोक पनि जगाउछ ।
करेलाबाट प्रचुर मात्रामा भिटामिन ए, बी र सी प्राप्त गर्न सकिन्छ । यसका साथै क्याराटिन, बिटाक्याराटिन, लुटिन, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम र म्यागनिज जस्ता फ्लावोन्वाइड पनि पाइन्छ । जुन स्वस्थ्य शरीरका लागि निकै आवश्यक छ ।
करेला सेवन गर्नाले हुने फाइदाहरु जानिराखौँ :
- करेलाको रसले पत्थरीको समस्या हटाउँछ,
- ग्याँस, अपच समस्याको समाधान गर्छ,
- कलेजो बलियो बनाउँछ,
- रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,
- मधुमेहका बिरामीका लागि फाइदाजनक,
- भोक जगाउछ ।