काठमाडाैँ : नेपाल सरकारले फागुन २३ गतेदेखि ५५ वर्षमाथिका सबै नागरिकलाई कोभिड विरुद्धको खोप दिने अभियान सुरु गरेकाे छ । साे अभियान अहिले सम्म जारी छ ।
बढी उमेर भएका वा कुनै रोग या दीर्घरोग भएका व्यक्तिले खोप लगाउन मिल्छ कि मिल्दैन त ?
सामान्यतय सबै उमेर समूहका मानिसले खोप लगाउनु पर्दछ । विशेष गरि बढि उमेर भएकाले अनिवार्य रुपमा खोप लगाउनुपर्ने संक्रामक रोग विशेषज्ञ अनुप सुवेदी बताउछन् ।
उच्च रक्तचाप मधुमेह या अन्य किसिमका दिर्घप्रकृतिका रोग भएका मानिसहरुलाई जोखिम बढि हुनेहुनाले खोप लगाउन महत्वपूर्ण हुन्छ । दिर्घ रोग नियन्त्रणको लागि औषधि प्रयोग गर्नेले चिकित्सक सँग सल्लाह गरेर मात्र खोप लिनुपर्दछ ।
अरू औषधि सेवन गर्न हुन्छ कि हुँदैन?
सामान्य सधै खाइरहेको खाना खादा केहि समस्या हुदैन । खोप लगाएपछि ज्वरो आएजस्तो हुने,जिउ दुख्ने वा विसञ्चो हुने जस्तो लक्षण देखिएमा पानि बढि मात्रामा पिउनुपर्दछ ।
मध्यपानले शरीरमा पानि कम गर्ने र रोग प्रतिरोधि प्रणालिलाई कम गर्दछ । त्यसैले खोप लगाएपछि मदिरा सेवन गर्नुहुदैन । चिकित्सकले खान हुदैन भनेका औषधी सेवन गर्न नहुने डा. अनुप सुवेदी बताउछन् ।
खोप लगाउनासाथ के गर्नुपर्छ ?
- खोप लगाउने बित्तिकै आफ्नो काममा हिड्न हुदैन् ,
- कम्तिमा १५ देखी ३० मिनेट सम्म खोप केन्द्रमै बस्नुपर्दछ,
किनकि खोप लगाएपछि कुनै लक्षण देखिएमा तुरुन्तै उपचार पाउन सकिन्छ । बीबीसी