काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले खोप क्याम्पेन सुरु गर्ने बताएका छन्। उनले भ्याक्सिनका लागि विभिन्न मित्र राष्ट्रहरूसँग कुराकानी र संवाद अघि बढाइएको बताए।
त्रिशुली३ बीको प्रसारण लाइन र सबस्टेसनको शनिबार भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब जिल्ला जिल्लामा कोभिडविरूद्ध भ्याक्सिनको अभियान नै चलाइने बताए । ‘अब लगातार भ्याक्सिन आउँछ, भोलिपर्सीदेखि नै खोपको क्याम्पेन सुरू हुन्छ,’ उनले भने । ओलीले समूह(समूह तोकेर कहाँनेर बढी प्रभाव छ त्यहाँ अभियान चलाइने बताए।
उनले कोभिडका कारण अन्य देशभन्दा नेपाल कम नै प्रभावित रहेको र आवश्यक सतर्कताले जोखिम कम भएको बताए।