बुटवल - बुटवल उपमहानगरपालिका–१८ का वडाध्यक्षको कोभिड–१९ का कारण निधन भएको छ । ७२ वर्षीय वडाध्यक्ष हुमनाथ आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान ८ बजे निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।
कोरोना संक्रमण देखा परे पछि बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको प्रवक्ता रेग्मीले बताए ।
‘वडाध्यक्ष आचार्यको उमेरको अवस्थालाई मध्यनजर गर्दै परिवारले ७/८ दिन अघि थप उपचारका लागि काठमाडौँ लग्नु भएको थियो,’ प्रवक्ता रेग्मीले भने, ‘अस्ति उहाँको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी आएको थियो तर आज विहान उहाँको निधन भयो ।’
वडाध्यक्ष शर्माले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको प्रवक्ता रेग्मीले बताए ।