काठमाडौँ : डिप्रेशनलाई मानसिक रोग भनेर बुझिन्छ । अव्यवस्थित जीवनशैली, गहिरो सोचाई, नकरात्मक सोचाई र चुनौतीपूर्ण सोचबाट छुटकरा पाउन नसक्ने व्यक्ति डिपे्रशनको अवस्थामा पुग्दछ ।
आफनोपनमा रमाउन नसक्ने,सन्तुष्टि जनाउन नसक्ने र समस्याबाट टाढा रहन खोज्ने व्यक्ति लाई एक्कासि जटिल समस्या परेमा डिप्रेशनको अवस्थामा पुग्ने गर्दछन् ।
डिप्रसनको लक्षणहरु के के हुन् ? यसबाट जोगिन के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीको सुझाव निम्न किसिमको छ :
लक्षणहरु
– धेरैजसो समयमा उदास, दुःखी र दिक्दार रहनु ,
– दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरुसँगको अन्तरसम्बन्धमा रुचि कम हुँदै जानु ,
–काम गर्ने जाँगर र आत्मविश्वास हराउनु,
– आफू बेकाम, बेसहारा भएको ठान्नु र भविष्य अन्धकार लाग्न थाल्नु ,
– सानातिना कुरामा अत्याधिक चिन्ता लाग्नु र छट्पटी बढ्नु,
– बाच्ने चाहना कम भई आत्महत्याको विचार आउनु,
– कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने र आभाष हुनेजस्ता लक्षणहरू देखिनु ।
जोगिने उपायहरु
– लामो समयसम्म एउटै काम नगर्ने । बीच–बीचमा घुम्न जाने जस्ले गर्दा मुड फ्रेस हुन्छ ।
– फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहने । अत्याधिक मात्रामा चिया–कफी पनि सेवन नगर्ने ,
–सामाजिक कार्यमा सक्रिय भइरहने ,
– समयमा सुत्ने, उठ्ने ,
–मनका भावनाहरु सेयर गर्नु,
– दैनिक प्राणायाम गर्ने,
– एक्लै नबस्ने ,
–सन्तुलित आहारसँगै पर्याप्त आराम गर्ने ,
– मनोरोगलाई जटिल रोग भनेर सोच्नु हुदैन ,
मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।